काठमाडौं-वीरगञ्ज महानगरपालिकाले सार्वजनिक स्थलहरुलाई ‘फ्री वाईफाई जोन’ बनाउने भएको छ । वीरगञ्जको घण्टाघर, माइस्थान, घडिअर्वा र नारायणी उपक्षेत्रीय अस्पताल क्षेत्रमा फ्री वाईफाई सेवा सञ्चालन गर्न लागिएको हो । त्यसका लागि महानगरपालिकाले वर्ड लिंकसँग पाँच वर्षको सम्झौता गरेको छ ।


ADVERTISEMENT


वीरगञ्ज महानगपालिका र वर्डलिंकबीच ५ वर्षका लागि विभिन्न सार्वजनिक स्थलहरुमा फ्री वाईफाई जडान गर्ने सहमति भएको महानगरपालिकाका प्रमख विजयकुमार सरावगीले जानकारी दिए । शुक्रबार राति वीरगञ्जको होटल भिष्वामा वर्डलिंकले आयोजना गरेको क्लस्टर मिट कार्यक्रममा वर्डलिंक र महानगरपालिका कार्यालयले सहमतिपत्र आदान– प्रदान गरे ।


ADVERTISEMENT

# # #


वीरगञ्ज महानरपालिकालाई डिजिटल महानगर बनाउन विभिन्न प्रविधिक योजनाहरु लागू गर्ने सोच अनुसार नै काम अघि बढाइएको मेयर सरावगीले जानकारी दिए । ‘सार्वजनिक स्थानसंगै सबै सरकारी कार्यलयहरुलाई पनि फ्री वाईफाई सेवा सञ्चालन गर्ने योजना अनुसार हामी अघि बढेका छौं’, उनले भने, ‘सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै यसै वर्षदेखि सबै वडाहरुमा अनलाइन सेवाबाट जोड्छौं ।’

वर्डलिंकका सिइयो केशव नेपालले वर्डलिंकले आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्दै आउने दुई वर्षमा १५ लाख ग्राहक सेवा प्रदान गर्ने योजना रहेको बताए ।