काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आफ्नै निवास बालुवाटारमा शुक्रबार भेट गरी देउवाले भारतीय पाहुनालाई लञ्चसहित स्वागत गरेका थिए ।


ADVERTISEMENT


तर, सरकारले दिएको दिवाभोजमा उपप्रधानमन्त्री कमल थापा भने उपस्थित थिएनन् । सरकारले भारतीय विदेशमन्त्रीलाई दिवाभोजले स्वागत गरिरहँदा थापा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएर बसेका थिए ।उपप्रधानमन्त्री थापा चितवन, मकवानपुर र बारातिर घुम्न जाने भन्दै विमानस्थल पुगे पनि मौसमका कारण विमान उडेन र त्यहीँ बस्न बाध्य भए ।


ADVERTISEMENT

# # #


उपप्रधानमन्त्री थापा हेटौंडाको पूर्वनिर्धारित कार्यक्रममा जानका लागि एयरपोर्ट पुगेका हुन् । तर, उडान ‘डिले’ हुँदासमेत उनी बालुवाटार फर्केनन् र सुष्मासँग भेट गरेनन् । भारतीय विदेश मन्त्रीलाई सरकारका तर्फबाट दिवाभोजले स्वागत गर्नु अस्वाभाविक भएको पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाले आफ्ना निकटस्थहरुसँग बताएका छन् ।

छिमेकी देशले दूतका रुपमा पठाएको प्रतिनिधिलाई नेपालमा तामझामका साथ स्वागत सत्कार गरिनु अस्वाभाविक भएको भन्दै उपप्रधानमन्त्री थापा सुष्मासँग तर्किएर नभेटिकन हिँडेको राप्रपानिकट स्रोतले बतायो । राप्रपाका एक नेताले भने,’प्रधानमन्त्री र मन्त्रीहरुले आयोजना गरेको लञ्च मिटिङमा थापा र सुष्मावीच भेट हुन सक्थ्यो, तर अध्यक्षज्यु सो दिवाभोजमा सहभागी हुनुभएन, उहाँले यसलाई अस्वाभाविक बताउनुभएको छ ।’

हुन त विगतमा भारतीय अधिकारीहरु नेपाल भ्रमणमा आउँदा राप्रपा अध्यक्ष कमल थापालाई बेग्लै भेट दिने गरेका थिए । तर, विगतमा २४ सिट जितेर चौथो दल बनेको राप्रपा पछिल्लो निर्वाचनमा एक सिटमा खुम्चिएपछि यसपटक सुष्मा स्वराजले कमल थापालाई अलग्गै भेटवार्ताको सूचीमा राखिनन् ।