काठमाडौँ– नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्षमा एमालेलाई सघाउने भएको छ ।


ADVERTISEMENT


बुधवार १ बजेपछि राष्ट्रिय सभा बैठकमा हुने उपाध्यक्षको निर्वाचनमा नेकपा एसले एमालेकी उम्मेदवार विमला घिमिरेलाई मत दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि उपाध्यक्षमा नेकपा एसले पनि दाबी गर्दै आएपनि गठबन्धनमा भएको सहमति अनुसार एमालेकी उम्मेदवार घिमिरेलाई मत दिने नेकपा एसकी उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले बताइन्।

मंगलबार एमालेकी उम्मेदवार घिमिरेले आफ्नो उम्मेद्वार दर्ता गराएकी थिइन् । उनीविरुद्व कांग्रेसबाट विष्णुदेवी पुडासैनी प्रतिस्पर्धामा उत्रिएकी छन् ।