काठमाडौँ– नेपाली कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नको लागि संसदीय समिति बनाउनु पर्ने अडानमा अडिग रहेको छ ।


ADVERTISEMENT


बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले निर्दोष भए छानबिन समिति बनाउनबाट किन भागेर हिँड्नुपर्‍यो ? भन्दै गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका छन् ।


ADVERTISEMENT

# # #


आफूहरुले कसैलाई फसाउन नचाहेको बताउदैँ उनले भने, ‘गल्ती छैन भने भन्न सक्नुपर्‍यो मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन र? किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ।’

कांग्रेस सदन अवरोध गर्ने पक्षमा नरहेको जनाउँदै उनले सरकार नै नै सहमतिको बाटोमा नहिँडेको उनको दाबी छ ।