काठमाडौँ– संसद अवरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि थपिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ ।


ADVERTISEMENT


कांग्रेसले लगातार सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै आएको छ । बुधवारको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले निर्दोष भए छानबिन समिति बनाउनबाट किन भागेर हिँड्नुपर्‍यो ? भन्दै गृहमन्त्री लामिछानेलाई प्रश्न गरे कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेका कारण पोखराको सूर्यदर्शन सहकारीका पीडितलाई न्याय दिन र त्यसमाथि छानबिन गर्न बाधा उत्पन्न भएकोमा आशङ्का व्यक्त गरे । दोषीलाई उम्काउने काम सरकारबाट भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


खतिवडाले गृहमन्त्री लामिछानेका कारण पोखराको सूर्यदर्शन सहकारीका पीडितलाई न्याय दिन र त्यसमाथि छानबिन गर्न बाधा उत्पन्न भएकोमा आशङ्का व्यक्त गरे । दोषीलाई उम्काउने काम सरकारबाट भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेको उनको भनाइ थियो ।

यस्तै,  राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले पनि सहकारीको विषयमा संसदीय छानबिन समिति गठनको माग गरे । ‘सहकारीको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔं’ उनले भने ।

यसैगरि सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागलाई ध्यान दिन सरकारलाई आग्रह गरे ।

कांग्रेसको मागलाई समर्थन गर्दै जसपाका सांसद प्रदीप यादवले पनि सहकारी संस्थाका पिडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराए ।सांसद माधवप्रसाद सापकोटाले संसद्को बहसलाई राजनीतिक दलका नेता एवं सांसदहरुलाई आपसमा विवाद र आरोप लगाउनमा समय खेर फाल्न नहुनेभन्दै सचेत गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले सदनमा बिना आधार व्यक्ति केन्द्रित भएर प्रहार गर्न नहुने बताए ।

आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । कार्यसूची अनुसार बैठक अगाडि बढाउन सहयोग गर्न सभामुखले आग्रह गर्दा पनि नमानेपछि वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।