काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका स्थापित मान्यतालाई धज्जी उडाउदै कांग्रेसले संसद अवरोध गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदमा विधेयकहरुलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रिक काम गरेको समेत बताए । उनले आन्दोलनका स्वरुप फेरेर सदनलाई सहज रुपमा चल्ने वातावरण बनाउन आग्रह गरे ।


ADVERTISEMENT

# # #


बर्तौलाले कांग्रेस सरकारमा हुँदा नै सहकारी प्रकरणका कुरा उठेको र त्यस बेला पनि कांग्रेसले बदनियत राखेर अनुसन्धान नगरेको तर्क गरे । सरकारबाट हट्नेबितिकै प्रतिशोध साध्न कांग्रेसले सहकारी प्रकरणमा छानविन समितिको माग राखेको भन्दै उहाले यसको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

उनले सहकारी पिडितलाई न्याय दिनुपर्नेमा एमालेको स्पष्ट धारणा रहेको भन्दै नीति नियम कानून बनाएर यसको समाधान खोज्नुपर्ने बताए ।