काठमाडौँ– नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थिङले करिव १ महिनादेखि प्रतिपक्षीले उठाएका बिषयमा सरकार गम्भीर नभएका कारण सदन अवरुद्ध भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


अहिले सहकारी प्रकरणको बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने कांग्रेसको माग महत्वपूर्ण भएकाले यसमाा निष्कर्षमा पुगेपछि सदनमा बिशेष महत्वको प्रस्ताव लगाएत अन्य विधेयकमा छलफल गर्न सकिने उनले जनाइन् । आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन कांग्रेसले चाहेको कदम गलत भएको थिङको दाबी छ ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अहिलेका विषयहरुलाई टुङ्गोमा पुर्‍याउन छलफललाई निरन्तरता दिनुपर्ने बताए । देश र जनताको हितमा दलहरुले काम गर्नुपर्ने भन्दै कांग्रेसले ढिलाई गरेपनि सहमतिमा पुगेरै छाड्ने उनले सुनाए ।

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै बुधबार पनि कांग्रेसले सदन अवरुद्ध गरेको थियो ।