काठमाडौं – सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । मुस्लिम आयोगको सिफारिसअनुसार गृहमन्त्रालयले सार्वजनिक बिदाको निर्णय गरेको हो ।


ADVERTISEMENT


मुस्लिम आयोगले बुधबार गृह मन्त्रालयलाई पत्राचार गर्दै चैत २७ गते मंगलबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएकोले रमजान महिनाको ३० दिने सौम (ब्रत, उपसना) बुधबार पूरा हुने भन्दै बिहीबार सार्वजनिक बिदाको अनुरोध गरेको थियो ।


ADVERTISEMENT

# # #