काठमाडौँ– सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । बुधबार राति करिब १ बजेतिरकुकर बम विस्फोट भएको प्रहरीले जनाएको हो ।


ADVERTISEMENT


विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माले जानकारी दिए । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको उनले जनाए ।


ADVERTISEMENT

# # #


एसपी शर्माका अनुसार विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । विस्फोट गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।