काठमाडौँ – एशिया कप छनोटका रुपमा आजदेखि ओमानमा सुरु भएको एसीसी प्रियमर कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले बलिङको निम्तो पाएको हो । खेल नेपाली समय अनुसार ४ः१५ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


नेपालले एसएसी प्रियमर कपका लागि भारतको गुजरातमा एक हप्ता तयारी गरेको थियो । जहाँ नेपालले एसएमएस फ्रेण्डिसिप कपको उपाधि जित्नेक्रममा गुजरात र बरोडाको टोलीसँग ५ खेले खेलेको थियो । जसुमध्ये ४ जित र १ हार व्यहोरेको थियो ।

यसअघि आजै भएका खेलमा युएईले कुवेतलाई ७ विकेटले हराएको छ भने आयोजक ओमानले बहराइनलाई ३ विकेटले स्तब्ध पारेको छ ।

एसीसी प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ हङकङ, कतार, मलेसिया र साउदी अरब समेत रहेका छन् । यस्तै समूह ‘बी’मा आयोजक ओमानसहित युएई, बहराइन, कुवेत र कम्बोडिया रहेका छन् ।

विजेता टोली अर्को वर्ष हुने टी–२० एशिया कपका लागि छनोट हुनेछ । यसअघिको विजेता नेपालले उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक एशिया कपमा पुग्ने लक्ष्य राखेको छ ।

यस्तो छ मलेसियाविरुद्ध नेपालीको अन्तिम ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, अविनास बोहरा, सोमपाल कामी, र ललित राजवंशी ।