काठमाडौं-सिमरामा बन्ने बहुप्रतिक्षित दोस्रो अन्तराष्ट्रिय विमानस्थलको काम सुरु हुने भएको छ ।


ADVERTISEMENT


एक वर्षअघि चार किल्ला छुट्याइ सीमांकन गरिएको आयोजनाले ६ महिनाअघि वातावरण्य प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरे पनि सुस्त रहेको आयोजनाले एक सातायता मुआब्जा वितरण गर्न थालेपछि निर्माण तयारीका लागि काम धमाधम सुरु भएको हो ।


ADVERTISEMENT

# # #


कोहल्बी नगरपालिका काटगाउँका बासिन्दाहरूले सरकारले तय गरेको मुआब्जा कम भएको भन्दै अटेर गरेका थिए । स्थानीयले राज्यका सबै निकायमा पुगे पनि कतै सुनुवाई नभएपछि मुआब्जा लिँदै छाड्न थालेपछि विमानस्थलको कामले गति पाएको हो ।

काटगाउँ र ककडीका ५५ घरले मुआब्जा लिन आयोजनामा निवेदन दिएको विमानस्थल सिमराका वरिष्ठ अधिकृत विजय यादबले जानकारी दिए । अन्य ५० घरधुरीले पनि निवेदन दिएपछि अव आयोजनाको कामले गति लिने उनको भनाइ छ । विमानस्थल निर्माणका ११ हजार ८ सय बिघा क्षेत्रमध्ये विमानस्थलभित्र पर्ने १ सय १० बिघा नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना सफल भएको छ ।

अव १ महिनाभित्र ईआईए प्रतिवेदन मन्त्रालयमा पेश गरिनेवित्तिकै सेनाद्वारा रुख काट्ने काम सुरु हुने आयोजनाले जनाएको छ । विमानस्थल पश्चिमको पसाह खोलामा ७ सय ५० मिटर लम्बाईका तटबन्ध निर्माण कार्यसमेत धमाधम भभइरहेको छ ।-आजको कारोबारबाट