काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई ५–१ गोल अन्तरले हरायो ।


ADVERTISEMENT


आर्सनलको जितमा आरोन रामसीले ह्याट्रक गरे । उनले ६ मिनेटमै पहिलो गोल गर्दै एभर्टनलाई दवावमा राखे । त्यसपछि १९ औं र ७४ औं मिनेटमा अरु दुई गोल थपे ।


ADVERTISEMENT

# # #


यस्तै आर्सनलमा डेब्यू गरेका पियर एमरिकले पनि एक गोल थपे । अर्को एक गोल लोरेन्टको नाममा रह्यो ।एभर्टनका लागि ६४ औं मिनेटमा क्लाभर्ट लेविनले सान्त्वना गोल फर्काए । यो जितसँगै २६ खेलबाट आर्सनलले ४५ अंक बटुलेको छ ।

अर्को खेलमा ब्राइटनले वेष्ट ह्यामलाई ३–१ ले हराउँदा लेस्टर सिटी र स्वान्सी सिटीले १–१ को बराबरी खेलेका छन् ।