काठमाडौं(रासस)-ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बा ४ ख ३३२४ नं को ट्रिपरले सडक छेउमा हिँड्दै गरेका बनेपा नगरपालिका–१ ड्याङडुङ्गाका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिएका छन् ।


ADVERTISEMENT


मृतकको शव परीक्षणका लागि अहिले शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ । घटनापछि स्थानीयवासी तोडफोडमा उत्रिएपछि प्रहरीले चार राउण्ड हवाईफायर गरेको प्रहरी निरीक्षक शाहले बताए ।


ADVERTISEMENT

# # #