काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको नेतृत्व नेकपा समाजवादी (एस)लाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री प्रचण्डसंग भेटावार्ताको क्रममा नेता झलनाथले सो आग्रह गरेका हुन् । ‘सुदूरपश्चिममा अहिले जुन समस्या देखा परेका छन्, त्यसलाई समाधान गर्नको लागि समीकरणभित्रका दलहरूलाई एक आपसमा छलफल गरेर समस्याको समाधान गर्नुपर्छ’, उनले भने, ‘अहिलेको हकमा चाहिँ नेकपा एसलाई मुख्यमन्त्री दिने समझदारी कार्यान्वयन गर्नबारे छलफल भयो।’


ADVERTISEMENT

# # #


उक्त आग्रहप्रति प्रधानमन्त्री सकरात्मक रहेको खनालले बताए । छिट्टै सहमति जुट्न सक्ने संकेत दिदैँ उनले भने, ‘केही दिनमा शीर्ष नेताहरू बैठक बस्दै हुनुहुन्छ। त्यहाँबाट हल होला।’ भेटवार्तामा प्रधानमन्त्री र आफूबीच सँपछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको उनले जनाए ।

सुदूरपश्चिम प्रदेशको नेतृत्वको विषयलाई लिएर नाउपामा विवाद उत्पन्न भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम लाल चौधरी यस सन्दर्भमा विभाजित भएका छन् । नेतृत्वका लागि रञ्जिताले कैलाश चौधरीले रेशमले लक्ष्मणकिशोर चौधरीलाई उम्मेद्वार बनाएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका यी चौधरीद्वयले यसअघि नै दाबी पेश गरिसकेका छन् भने माओवादी केन्द्रले नेकपा एमालेसंगै नाउपाका कैलाशलाई समर्थन गर्ने जनाएको थियो ।

यस्तै नेपाली कांग्रेसले भने लक्ष्मण किशोर चौधरीलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।