काठमाडौँ– संसदीय सुनुवाई समितिले महालेखा परीक्षकमा प्रस्तावित तोयम रायाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले महालेखा परीक्षकमा प्रस्तावित रायाको संसदीय सुनुवाई गर्दै उहाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।


ADVERTISEMENT

# # #


संवैधानिक परिषद्ले चैत्र १८ गते रायाको संसदीय सुनुवाईका लागि समितिमा पत्र पठाएको थियो । त्यसपछि समितिले रायाविरुद्ध उजुरी आह्वान गर्दा एकमात्र उजुरी परेको थियो । प्राप्त उजुरी र सूचनाका आधारमा संसदीय सुनुवाई पछि रायालाई नियुक्तीका लागि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति पशुपतिशम्भेर जवराले जानकारी दिए ।

त्यसअघि संसदीय सुनुवाईका क्रममा रायाले भावी कार्ययोजनाका बारेमा समितिमा जानकारी गराएका थिए । उनले लेखापरिक्षणबाट औल्याएका बिषयहरुलाई एकरुपता ल्याउनुपर्ने, सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

समयमा नै लेखा परिक्षण हुन नसकेका निकायहरुलाई तत्काल लेखा परिक्षणको दायरामा ल्याउनुपर्ने उनले जनाए । उनले बेरुजुको विषयमा प्रदेशहरुसंग छलफल गर्न देखिएका समस्या समाधान गर्नुपर्ने औल्याए ।

जेष्ठमा टंकमणि शर्मा दंगालको कार्यकाल सकिएपछि महालेखापरीक्षकको पद लामो समयदेखि रिक्त रहदै आएको थियो ।