काठमाडौँ – प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच दुई पक्षीय समझदारी भएको छ ।


ADVERTISEMENT


सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित गरिएको यो सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् ।


ADVERTISEMENT

# # #


यस सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ । प्रभु बैंकद्वारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा गर्दै आएको छ ।

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरजंन लिन सकिन्छ । प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।