विराटनगर– इलाम, ओखलढुंगा र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


हिजो दिउँसो इलामको माङसेबुङ गाउँलिका–४ स्थित रबी(दमक सडक खण्डमा को ३७ प ९२८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खस्दा घाईते भएका मोटरसाईकल चालक भोजपुर खावाका ५७ वर्षीय महेश कुमार राई गम्भिर घाईते भई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


सोही दिन वेलुका ५ बजे ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ स्थितमा लु ३ त ९९७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका सिद्विचरण नगरपालिका-७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थल मा नै मृत्यु भएको थियो भने घाईते ट्याक्टर चालक मोलुङ गाउँपालिका–२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भईरहेको छ ।

यसैगरि राती १० बजे उदयपुरको उदयपुरगढी–७ स्थित मदन भण्डारी लोकमार्गमा ग १ ख ४७५३ नम्वरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना हुँदा घाईते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका(६ का २८ वर्षीय सन्देश चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सवारी दुर्घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।