विराटनगर– झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


मंगलबार साँझ झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका ताप्लेजुङ फक्ताङलुङ–५ का २५ वर्षीय बिशाल लिम्बुको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


यसै गरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को ३५प ५५३४ नम्बरको मोटरसाईकल चालक कोशी गाउँपालिका-१ का २३ वर्षीय सुभाष कुमार यादवलाई २८ ग्राम ब्राउन सुगर सहित र प्रदेश १–०२–०४७ प ४७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका रामधुनी–३ का सविन चौधरी, कोशी गाउँपालिका–१ का १९ वर्षीय रन्जन कुमार यादवलाई १ ग्राम २० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।