काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा छलाङ मारेका छन् । दीपेन्द्र आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार टी–२० अन्तर्राष्ट्रियमा अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका हुन् ।


ADVERTISEMENT


उनी १४ स्थान माथि उक्लिँदै एशोसिएट्स राष्ट्रतर्फ नम्बर एक अलराउण्डर बनेका छन् । यसअघि उनी २५औँ स्थानमा रहेका थिए । नयाँ वरियता अनुसार टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरमा बंगलादेशका शाकिब अल हसन पहिलो नम्बरमा रहेका छन् भने श्रीलंकका वानिन्दु हसरंगा दोस्रो तथा अफगानिस्तानका मोहम्मद नाबी तेस्रो नम्बरमा रहेका छन् ।


ADVERTISEMENT

# # #


कुवेतमा जारी एसीसी प्रियमर कप क्रिकेटमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय रुपमा चर्चामा आएका दीपेन्द्र पछिल्लो समय निकै लयमा रहेका छन् । कूल ६१ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका उनले ९ अर्धशतक र १ शतकसहित १ हजार ५६० रन बनाएका छन् भने ३५ विकेट लिएका छन् । उनी टी–२० अन्तार्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।

दीपेन्द्रले गत असोजमा चीनमा भएको १९औँ एशियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमा नै अर्धशक प्रहार गरी विश्वकीर्तिमान कायम गरेका थिए ।