काठमाडौँ – नेकपा एकीकृत समाजवादीले जेठमा गर्ने भनिएको पार्टीको १०औं महाधिवेशन एक महिना पर सार्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन असार १६ देखि २० गते काठमाडौंमा गर्ने निर्णय गरेको हो । आन्तरिक तयारी नपुगेको र संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गरि महाधिवेशन केही समय सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि सुदूरपश्चिम संसदीय दलका नेता दिर्घ सोडारीलाई अघि सार्ने निर्णय गरिएको उनले बताए । प्रवक्ता खतिवडाले सत्ता गठबन्धनमा आफ्नो पार्टीले बार्गेनिङ नगरेको भन्दै यसअघि भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा पार्टीको जोड गरेको धारणा राखे । उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले आलोपालो प्रधानमन्त्री खाने बार्गेनिङ गर्दै नया सत्ता समिकरण बनाएको आरोप लगाए ।

प्रवक्ता खतिवडाले सहकार्यमा विश्वासको आधारमा हिडेको पार्टीलाई गठबन्धनका दलहरुले कुठाराघात गरेको भन्दै जस्तो व्यवहार हुन्छ त्यस्तै जवाफ दिने स्पष्ट पारे । उनले विगतमा कागजमा लेखिएका कुराहरुमा धोका भएको र च्यातिएको इतिहास रहेकाले कागजलाई एकातिर राखेर अवदेखि हिड्ने चालको गन्ती गर्न चुनौती दिए ।