काठमाडौँ – सरकारले लेखापरीक्षकतर्फ रिक्त सचिव पदमा बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल लेखापरिक्षण सेवा समूहिकरणको राजपत्राङ्कीत विशिष्ठ श्रेणी(सचिव) पदमा अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरको छ । त्यस्तै बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मुख्य सचिव पदमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायममुकायम मुकरर गरि कामकाजमा खटाउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए ।

बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मालाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।