काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले सपथ लिएकी छन् ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सांसद खानलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सपथपछि सभामुख घिमिरेले सांसद खानलाई सांसदको लोगो लगाइदिएका थिए ।


ADVERTISEMENT

# # #


सपथपछि सांसद खानले आफ्नो कामको बारेमा अध्ययन गर्ने बताइन् । महिला अधिकारका साथै जिम्मेवारी अनुसार काम आफुले गर्ने उनले बताइन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो ।