काठमाडौँ– राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा पनि केहि विधेयकहरु दर्ता हुनुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग छलफल गर्दै उपाध्यक्ष घिमिरेले राष्ट्रियसभालाई विजनेशविहिनन हुन नदिन अव नयाँ आउने विधेयकहरु राष्ट्रियसभामा पनि दर्ता हुनुपर्ने र यसका लागि छलफल भइरहेको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


धेरै विधेयकहरु प्रतिनिधिसभामात्रै थुप्रिने अवस्था अन्त्य गर्नका लागि पनि केहि विधेयकहरु राष्ट्रियसभामार्फत अघि बढ्नुपर्ने उनले सुनाइन् । घिमिरेले चैत्र २८ गते पदबहाली भएसंगै पार्टीका सवै जिम्मेवारीबाट अलग भएको जानकारी दिइन् ।

राष्ट्रियसभाको उपाध्यक्ष पदमा रहँदा संविधान, नियमावलीको परिधिभित्र रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने उनको भनाई छ । त्यस्तै महिला सांसदहरु सूचनाबाट टाढा हुने अवस्थाको अन्त्य गर्नुपनमा समेत जोड दिइन् ।

उनले समावेशी सहभागीताको आधारमा महिलाको हरेक विषयमा पहुँचको सुनिश्चितता हुनुपर्ने जनाइन् । साथैमहिला सांसदप्रति सञ्चारमाध्यमले हेर्ने दृष्टिकोणलाई पनि परिवर्तन गर्नुपर्ने घिमिरेको सुझाव छ ।