काठमाडौँ– सशस्त्र प्रहरी वल काभ्रेले भुम्लु गाउँपालिकाको दोलालघाटमा विपद् प्रतिकार्य अभ्यास गरेको छ ।


ADVERTISEMENT


सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभे्रको आयोजनामा भुम्लु गाउँपालिकाको सुनकोशी नदीमा मनसुन विपद् प्रतिकार्य अभ्यास मनसुन एवम् विपदजन्य घटनामा आधारित कृतिम घटना अभ्यास गरिएको हो ।


ADVERTISEMENT

# # #


मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनु पर्ने पूर्व तयारीका लागी भारी वर्षातका कारण बाढी आउँदा खोलाले बगाएका ब्यक्तिलाई उद्धार,विपदमा खटिएको सुरक्षा फौजको टिम नै असुरक्षित भएको अवस्थामा कसरी उद्धार गर्न सकिन्छ भन्ने विपदजन्य घटनामा आधारित कृत्रिम घटना अभ्यास गरिएको थियो ।

मनसुन महिनामा जिल्लामा हुन सक्ने विपद्का घटनाहरुको न्यूनीकरण तथा पूर्व तयारीका लागि जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरुको संयुक्त प्रयासमा अभ्यास मनसुन आयोजना गरिएको विपद् व्यवस्थापन जिल्ला समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी त्रिभुवन बिष्टले काभ्रे जिल्लामा विगतमा भएका विपद्बाट पाठ सिक्दै मनसुनमा हुन सक्ने विपद्का बारेमा तयारी गर्न अभ्यास महत्त्वपूर्ण भएको बताए ।

पूर्व जानकारी विना आउने यस्ता विपद्ले पुराउने क्षतिको आङ्कलन गर्न नसकिने हुँदा पुर्वतयारिका साथ लागेर क्षतिलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले यो अभ्यास कार्यक्रम गरिएको जिल्ला विपद् व्यवस्थापन समिति काभे्रले जनाएको छ ।