काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा उल्लेख समाजवाद उन्मुख राज्य निर्माणका लागि सबैै दलहरु एकताबद्ध हुन आह्वान गरेका छन् ।


ADVERTISEMENT


नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको हित र जनताले महशुस गर्ने गरी मुलुकको परिवर्तनलाई संस्थागत गर्दै समाजवाद उन्मुख राज्य निर्माणका लागि सबैै दलहरु एकतावद्ध हुन आह्वान गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले अहिले पनि मुलुकको परिवर्तनलाई प्रहार गर्ने प्रयास भइरहेको भन्दै त्यसका बिरुद्ध लोकतन्त्रलाइ सुदृढ गराउने चूनौति सबै दलहरुमाथि रहेको धारणा राखे । सबै दलहरुले एकअर्काका योगदानहरूलाई सम्मान गर्दै बिगतका कमिकमजोरीहरुलाई हटाउन समिक्षा गर्नुपर्ने उनले बताए ।

आगामी दिनमा अझ उन्नत विचार विकास गरेर जनता राष्ट्रको पक्षमा उभिने संकल्प गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै प्रचण्डले कम्युनिष्टहरुबीचको एकताले उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेपनि विभाजित भएपछिको तिता अनुभव रहेको भन्दै पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्ष नरहेको स्पष्ट पारे ।

उनले विभिन्न उतारचढावबीच अहिले सहकार्य गर्ने वातावरण तयार भएको र यसबाट देश र जनतालाई राम्रो सेवा हुनसके राजनीतिक दलहरुबीच एकताको आधार तय हुने धारणा सुनाए । प्रचण्डले संविधान कार्यान्वयन र समाजवादको आधार तयार गर्ने बिन्दुमा रहेकाले इमान्दार पूर्वक लाग्नुपर्ने भन्दै अहिले पनि कम्युनिष्ट पार्टीहरु एक हुने हो भने निर्णायक शक्ति बन्ने जिकिर गरे ।