काठमाडौँ – आगामी बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा एक सय ४८ आयोजनाहरु शोकेशमा राखिने भएको छ ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्रविधिक समितिबाट सिफारिस भई आएका उक्त आयोजनाहरुलाई शोकेशमा राख्नका लागि स्वीकृति दिएको हो । बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले केहि छुटेका परियोजनाहरुलाई सम्मेलनमा शोकेशमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरी आवश्यक निर्णय लिने जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले ह्वासिन सिमेन्ट परियोजनाको लगानी स्वीकृत गर्नका लागि अध्ययन प्रतिवेदनका आधारमा ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत दिएको उनले बताए । बैठकले डावर नेपालको क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि वार्ता समिति गठन भएको उपाध्यायले जानकारी दिए ।

बैठकमा निजी क्षेत्रले लगानी सम्मेलनको तयारीका बिषयमा प्रसन्नता व्यक्त गरेको र विभिन्न ऐन संशोधन गर्ने सरकारको तयारीप्रति आभार व्यक्त गरेको उनले बताए ।

बैठकमा बोर्डका पदाधिकारीहरुले लगानी सम्मेलनको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।