काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षा लगायतका विषयमा छलफल भएको हो । भेटमा प्रदेशका सरकारका बारेमा पनि समीक्षा भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै आगामी आर्थिक बर्षको बजेटका साथै सरकारको नीति तथा कार्यक्रममा विषयमा पनि छलफल भएको बुझिएको छ ।