काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले लोकतन्त्र दिवसलाइ राजनीतिक दलहरुले प्राथमिकतामा नराखेको बताएका छन् ।


ADVERTISEMENT


लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले अन्य धेरै दिवस मनाउने गरेपछि लोकतन्त्र दिवस औपचारिक रुपमा नमनाइएको भन्दै राजनीतिक दलहरुको प्राथमिकतामा लोकतन्त्र नपरेको स्पष्ट देखिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले मुलुकमा लोकतन्त्र ल्याउन धेरै गोलि चलेपनि लोकतन्त्रमा जनताको अपेक्षा पुरा हुन नसकेको धारणा सुनाए । पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण राखे । उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरे ।

जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अबलम्बन हुन नसकेको उनले जनाए । पौडेलले लोकतन्त्रको बिकल्प लोकतन्त्र मात्रै हुने भन्दै यसलाई प्राथमिकता राखेर अघि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै एमाले संसदीय दलका सचेतक सुनिता बरालले नेताहरुका जीवनशैली, व्यवहार र कामकारवाहीका आधारमा लोकतन्त्रिक अभ्यास मापन हुने बताए । सरकार र राजनीतिक नेतृत्वले जनतासामु गरेका प्रतिबद्धतालाई कार्यान्वयन र सम्बोधन गर्न आवश्यक रहेको उनले जनाए ।