काठमाडौँ– नेपाल भ्रमणमा सकेर कतारका राजा शेख तमिम बिन हमाद अल थानी फर्किन लागेका छन् । हाल उनी त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगेका छन् ।


ADVERTISEMENT


उनलाई बिदाई गर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार अपरान्ह नेपाल आइपुगेका थानी विमानस्थल पुग्ने क्रममा सवारीका कारण काठमाडौं उपत्यकाको यातायात सेवा प्रभावित बनेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा थानी मंगलबार अपरान्ह नेपाल आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।

त्यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायत पनि उनको स्वागतमा पुगेका थिए भने नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

२ दिने भ्रमण क्रममा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राष्ट्रपति पौडेलसंग भेटवार्ता गरे । यसैबीच नेपाल–कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

साथै दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी समेत भएको छ ।

यस्तै, नेपालका समाज एजेन्सी रासस र कतार न्युज एजेन्सीबीच समेत सहकार्यको सम्झौता भएको छ ।

नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।