काठमाडौँ – केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ क्लब र न्यू डायमण्ड महिला टोलीले विजयी सुरुवात गरेको छ ।


ADVERTISEMENT


बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलमा एपीएफ पहिलो सेट २५–२१ ले जितेको एपीएफले दोस्रो सेट भने २२–२५ ले गुमाएको थियो । तेस्रो सेटमा एपीएफले २५–१७ को जित निकालेको थियो । चौथो सेटमा पनि एपीएफले २५–१६ को सहज जित निकाल्न सफल भयो ।


ADVERTISEMENT

# # #


त्यस्तै बुधबार भएको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले विजयी सुरुवात गरेको हो । खेलमा डायमण्डले पहिलो सेटमा २५–१२ को एकपक्षीय जित निकाल्यो । दोस्रो सेटमा डायमण्डले २५–१५ को सहज जित निकाल्यो । तेस्रो सेटमा आर्मी २५–१७ ले विजयी भयो भने चौथो सेटमा भने डायमण्डले २५–२१ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सुरु प्रतियोगीतामा ४ टोलीको मात्र सहभागिता रहेको छ । राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् । फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।