काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।


ADVERTISEMENT


क्यानले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृङ्खला खेल्ने पाँच टी–२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्।

यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द पनि टोलीमा छन्।

पहिलो पटक नेपाल आएको वेस्ट इन्डिज ‘ए’ संग नेपालले विश्वकप तयारीका लागि खेल्न लागेको हो ।