काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले टेस्ट राष्ट्र वेष्टइण्डिज ‘ए’विरुद्धको टी–२० सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानको खेलाडी छनोट समितिले बिहीबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


नेपाली टोलीमा आरिफ शेखले पुनरागन गरेका छन् । यस्तै युवा मध्यम गतिका बलर अकाश चन्दलाई पनि निरन्तरता दिइएको छ ।


ADVERTISEMENT

# # #


नेपालले वेष्टइण्डिजसँग ‘ए’ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबारदेखि ५ खेलको टी–२० सिरिज खेल्दैछ । सिरिजलाई दुवै टोलीले आगामी जुनदेखि अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपको तयारीका रुपमा हेरेका छन् ।

रोस्टन चेसको कप्तानीमा वेष्टइण्डिज ‘ए’को १५ सदस्यीय टोली नेपाल आइसकेको छ । जसमा फेबियन एलेन, केसी कार्थी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, किमो पलजस्ता प्रख्यात खेलाडिसमेत रहेका छन् ।

यस्तो छ नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, अविनास बोहरा र आकाश चन्द ।

May be an image of 1 person and text that says 'យ ITINE WEST INDIES WESTINDIESA A toP TOE OF CAN SQUAD NEPAL NEPALSQUAD SQUAD FOR KIBU WEST INDIES A TOUR OF NEPAL ROHIT PAUDEL (C) AASIF SHEIKH KUSHAL BHURTEL ANIL SAH AARIF SHEIKH LME m6 SUNDEEP JORA DIPENDRA SINGH AIREE KUSHAL MALLA GULSHAN JHA LALIT RAJBANSHI KARAN Kc nd acher TEPAL SOMPAL KAMI PRATIS GC ABINASH A BIBEK YADAV AAKASH CHAND LIVE ON KANTIPUR Amax'