काठमाडौँ– निर्वाचन आयोगले भोलि हुन लागेको उपनिर्वाचनको मतदान केन्द्रसम्म सार्वजनिक गाडी लैजान पाइने बताएको छ ।


ADVERTISEMENT


यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरुमात्र सञ्चालन गर्न दिइने नियमलाई संशोधन गर्दै आयोगले मतदान केन्द्रमा सार्वजनिक सवारीहरु निर्वाध रुपमा सञ्चालन गर्ने अनुमति दिएको हो ।


ADVERTISEMENT

# # #


आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ ।

भोलि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ । ती क्षेत्रमा सुरक्षा व्यवस्थापन कार्य पूरा भइसकेका छन् भने प्रहरीले मतदाता र मतदान स्थलदेखि मतगणना स्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको जनाएको छ ।