काठमाडौं-निर्वाचन आयोगले आगामी बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी गएरातीबाट मौन अवधी लागु गरेको छ ।


ADVERTISEMENT


निर्वाचन हुन ४८ घण्टा अघि अर्थात गएराती १२ बजेबाट मौन अवधी लागु गरिएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधीमा उम्मेदवार, दलका कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ–संस्थाले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाउने आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन् ।


ADVERTISEMENT

# # #


मौन अवधीमा चुनाव प्रचारप्रसार गरेको पाइए सम्बन्धित दलका उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी नै खारेज गर्न सकिने प्रावधान छ । प्रत्येक प्रदेशबाट ८–८ जना गरी राष्ट्रिय सभा निर्वाचनमा ५६ सदस्य निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच, प्रदेश नम्बर २ मा आठै जना निर्विरोध भएकाले निर्वाचन गर्नु नपर्ने भएको छ । अन्य प्रदेशमा पनि १६ जना निर्बिरोध भएकाले ३२ सिटका लागि मात्र निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । त्यसका लागी ५२ जना चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय सभा निर्वाचन पर्सी बुधबार बिहान १० देखी ३ बजे सम्म हुनेछ ।