काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशन कुरेर नबस्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लामिछानेले प्राकृतिक प्रकोपका घटनामा निर्देशक कुरेर बस्दा उद्धार लगायतका काममा ढिलाई हुने र क्षति पनि धेरै हुन सक्ने भएकाले केन्द्रको निर्देशन कुरेर नबस्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले घटना भइसकेपछि तत्काल राहत वितरणको विषयमा यसअघि नै आफुले आवश्यक निर्देशन दिइसकेको भन्दै कुनै पनि प्रशासनले तत्काल दिने राहतमा ढिलाई नगर्न समेत आग्रह गरे ।

आपतका बेला सरकार दुई–चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थामा सरकार नरहेको र प्रयाप्त स्रोत परिचालन गरेको उनले बताए । उनले प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरणका लागि यसअघि भएका गल्तीलाई नदोहो¥याउने गरी आवश्यक तयारी गर्न जरुरी रहेको जिकिर गरे ।