काठमाडौँ– काठमाडौँको शंखमुल नजिकै बागमतीदोभान पुल नजिक आगलागी भएको छ । एक ग्यारेजबाट सल्किएको आगोले गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट अरु पसल र घरमा समेत क्षति पु¥याएको छ ।


ADVERTISEMENT


आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । करिब १ घन्टाभन्दा बढीदेखि लागेको आगलागी अझै नियन्त्रण बाहिर रहेको हुँदा थप क्षति बढ्न सक्ने प्रहरीको भनाई छ ।


ADVERTISEMENT

# # #


आगलागीको करिब १ घन्टाप िमात्रै ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेको स्थानियको भनाई छ । त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पनि आइपुगेको थियो । प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ ।

आगलागीले पुर्‍याएको क्षति तस्बिरमा हेर्नुहोस् :