काठमाडौं-ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति पौने ११ बजे बा २९ प ३९९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुंदा मोटरसाइकल पछाडि सवार भोजपुर सेताङ घर भई हाल सातदोबाटो बस्दै आएका २९ वर्षीय गणेश तिवारीको मृत्यु भएको हो ।


ADVERTISEMENT


दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा वी.एण्ड.वी अस्पतालमा राति नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।


ADVERTISEMENT

# # #


टाउकोमा चोट लागेर घाइते भएका चालक, ओखलढुंगा सिंहदेवीका ३३ वर्षीय प्रेमबहादुर कार्कीको सोही अस्पतालमै उपचार भैरहेको छ ।

चालकले मदिरा पिएर तीव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।