काठमाडौं-मेची अञ्चलकै प्रमुख व्यापारिक सहर बिर्तामोडमा सोमबार दिनभर विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिर्तामोडको मुक्तिचोकमा तीनसय केभीएको नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।


ADVERTISEMENT


प्राधिकरणको अनारमनी शाखाका प्रशासन प्रमुख दीपक ढकालले सोमबार बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने बताए । विद्युतको उपयोग बढ्दै जाँदा एउटा मात्रै ट्रान्सफर्मरले लोड थेग्न नसकेपछि मुक्तिचोकमा अर्को ट्रान्सफर्मर जडान हुन लागेको हो ।


ADVERTISEMENT

# # #


बिर्तामोडमा वाणिज्य बैंक अगाडि पनि अर्को तीनसय केभीएको ट्रान्सफर्मर जडान गरिएको ढकालले बताए । बिर्तामोडको टोयटा सोरुम अगाडि भएको ट्रान्सफर्मरको पनि क्षमता बढाइएको छ । त्यहाँ दुई सय केभीएको ट्रान्सफर्मर सञ्चालनमा थियो । त्यसको साटो तीनसय केभीएको ट्रान्सफर्मर राख्न लागिएको हो ।