इलाम – प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ भएको निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले निरन्तर अग्रता कायम गरेका छन् ।


ADVERTISEMENT


नेम्वाङले नेपाली काँग्रेसका डम्बरबहादुर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई ठूलो मतान्तरले पछि पारेका हुन् । ताजा मतपरिणाम अनुसार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी खड्काले ८ हजार ८८६ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुबीच ४ हजार ६८३ मतको अन्तर रहेको छ । यस्तै खड्का र स्वतन्त्र उम्मेदवार लिम्बुबी भने कडा टक्कर देखिएको छ । लिम्बुले ८ हजार ९८ मत ल्याउँदा उनीहरुबीच २८८ मतको मात्रै अन्तर रहेको छ ।

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भने निराशजनक मत खसेको छ । रास्वपाका मिलनकुमार लिम्बुले १ हजार ७१३ मत मात्रै पाएका छन् ।

इलाम–२ बाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको गतवर्ष भदौ २६ गते निधन भएपछि रिक्त रहेको पदमा शनिबार उपनिर्वाचन भएको थियो । एमालेका उम्मेदवार सुहाङ सुवासका छोरा हुन् ।