काठमाडौँ – केटीएम कन्सलटिङ ग्रुपको ब्रान्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन् । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरिएको हो । केटिएम कन्सलटिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ ।


ADVERTISEMENT


सोही क्रममा भुर्तेल ग्रुपको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका हुन् । आज कन्सलटेन्सी र भुर्तेलबिच एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् । नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन् । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागिरहेको बताए । उनले आगामी टी २० विश्वकप खेल्नका लागि आफू उत्साहित रहेको बताए ।

केटिएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौँ, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेका छन् । साउथ एसियामा भुटान, बङ्गलादेश, श्रीलङ्कामा पनि ब्रान्चहरू रहेका छन् । ग्रुपले उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई अस्टेलिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशहरूमा पठाउँदै आएको छ ।