काठमाडौँ – काठमाडौँमा जारी टी–२० सिरिजको तेस्रो खेलमा वेष्ट इण्डिजले दिएको २२८ रन पच्छ्याइरहेको नेपालले खराब ब्याटिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।


ADVERTISEMENT


जवाफी ब्याटिङ गरिरहेको नेपालले खराब ब्याटिङ गरेको छ । नेपालले ताजा आवस्थामा १४.१ ओभरमा १०६ रन बनाउँदा ७ विकेट गुमाएको छ । नेपालका लागि विनोद भण्डारीले १९, अनिल शाहले १४ तथा आरिफ शेखले ४ रन जोडे भने लोकेश बमले २८ रन जोडे ।


ADVERTISEMENT

# # #


नेपालका लागि अहिले दीपेन्द्रसिंह ऐरी र करण केसीले इनिङ सम्हालिरहेका छन् । नेपाली टोलीको कप्तानी आज दीपेन्द्रसिंह ऐरीले सम्हालिरहेका छन् ।