काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित प्रतिष्ठानको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले प्रतिष्ठानका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न सरकार तयार रहेको स्पष्ट पारे । प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री देउवाले सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको दावी गरे ।


ADVERTISEMENT

# # #


बैठकले चालू आर्थिक वर्षका लागि ७८ करोड बजेट पारित गरेको छ । प्रतिष्ठानको बहुवर्षीय योजना अन्तरगत १३ अरव ४५ करोड बजेट आवश्यक पर्ने प्रतिष्ठानका उपकूलपति प्रा.डा. संगीता भण्डारीले जानकारी दिइन् ।

ऐनको व्यवस्था अनुसार राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानको मातहतमा आउने हुँदा सम्पूर्ण प्रशासनिक आर्थिक अधिकारलगायत चल, अचल सम्पत्ति प्रतिष्ठानलाई हस्तान्तरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।