काठमाडौँ– नेपाल विद्यार्थी संगठनका अध्यक्ष नैनसिंह महरले समाज रुपान्तरणका लागि युवाहरुले योगदान दिने बेला आएको बताएका छन् ।


ADVERTISEMENT


आज राजधानीमा संयुक्त विद्यार्थी संगठनले छाउपडि प्रथा उन्मुलन अभियानका लागि आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले समाज रुपान्तरणका लागि युवाहरु नै अग्रसुर हुनेपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


देशमा ४० प्रतिशतभन्दा बढिसंख्यामा युवा भएकाले उनीहरुलाई शसक्त नबनाइकन आर्थिक विकास नहुने उनले बताए । युवालाई सचेत बनाएमा यस्ता सामाजिक विकृति हट्दै जाने उनको भनाई थियो ।

कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, एमाले पोलिटब्युरो सदस्य वृन्दा पाण्डे लगायतको उपस्थिति रहेको थियो ।