काठमाडौँ– आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७९/८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ।


ADVERTISEMENT


वैशाख १९ गते बुधबार सम्पन्न कम्पनीको सञ्चालक समितिको १९२औँ बैठकले सेयरधनीहरूलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो।


ADVERTISEMENT

# # #


कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने एक अर्ब रुपैयाँबराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँबराबरको नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो।

यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारणसभाबाट पारित भएपश्चात् कम्पनीको चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।