काठमाडौँ – काठमाडौँमा जारी वेष्ट इण्डिजसँगको टी–२० क्रिकेट सिरिजको चौथो खेलमा पनि नेपालले खराब ब्याटिङ गरेको छ । वेष्ट इण्डिजले दिएको २१० रनको विशाल चुनौती पच्ट्याइरहेको नेपालले ११ ओभरमा ४ विकेट गुमाउँदै ९० रन बनाएको हो ।


ADVERTISEMENT


यसैबीच नेपालका कप्तान रोहित पौडेलले सिरिजमा लगातार तेस्रो अर्धशतक पूरा गरेका छन् । उनले ३४ बलमा ५ चौका र २ छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि रोहितले पहिलो खेलमा ११२ रनको इनिङ खेलेका थिए भने दोस्रो खेलमा नटआउट ७१ रनको पारी खेलेका थिए ।


ADVERTISEMENT

# # #


तेस्रो खेलमा भने उनी अन्तिम ११ मा थिएनन् । नेपालले ५ खेलको सिरिज २–१ले पछि परेको छ । सिरिज उपाधिका लागि दाबी कायम राख्न आज नेपालले जित्नैपर्ने दबाब रहेको छ ।