वैशाख – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ


ADVERTISEMENT


कम्पनीले साविकका शेयरधनीलाई १ः०.२७ को अनुपातमा प्रतिशेयर १ सय रुपैयाँ दरको १ करोड ०६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद शेयर जारी गर्दैछ ।


ADVERTISEMENT

# # #


त्यसका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय मंगलबार आयोजित एक समारोहबीच सम्झौता भएको हो । सम्झौतामा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।