काठमाडौँ – काठमाडौँमा जारी टी–२० क्रिकेट सिरिजको उपाधि वेष्टइण्डिज ‘ए’ले जितेको छ । चौथो खेलमा बिहीबार नेपाललाई २८ रनले हराउँदै वेष्टइण्डिजले सिरिज कब्जा गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १८१रनमै समेटिएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन बनाए । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । सन्दीप जोरा, दीपेन्द्रसिंह एरी र गुल्शन झाले समान १९–१९ रन बनाए । अविनाश बोहराले नटआउट १७ रन जोडे भने अन्यले खाता खोल्न सकेनन् ।


ADVERTISEMENT

# # #


लगातार खराब ब्याटिङ गरिरहेको नेपालको ओपनिङ र मध्यक्रम आज पनि ध्वस्त भयो । त्यसक्रममा ओनर आशिफ शेख शून्य रनमा आउट हुँदा कुशल भुर्तेलले १ र कुशल मल्ले ४ रन बनाए । बलिङतर्फ वेष्टइण्डिज ‘ए’का हेदेन वाल्स र म्याथ्यू फ्रोडले समान ३–३ विकेट लिए । यस्तै फेबियन अलेनका नाममा २ विकेट रह्यो ।

यसउअघि वेष्ट इण्डिजका लागि आन्द्रे फ्लेचरले नटआउट सर्वाधिक ८४ रन बनाए । उनले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै जोन्सोन चार्ल्सले ५८ तथा फेबियन अलेनले नटआउट ३३ रन जोडे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले २ तथा प्रतिश जिशीले १ विकेट हात पारे । सिरिजको अन्तिम खेल शनिबार हुनेछ ।