काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप खेल्नका लागि अहिलेको टिम उत्कृष्ट १५ रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार वेस्ट इन्डिज ए संगको चौथो खेलपछिको पोस्ट म्याचमा उनले अहिलेको अवस्थामा विश्वकप खेल्ने नेपालको टीम बेस्ट १५ रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


बिहीबारको खेलमा खेलाइएको ११ खेलाडीहरुमा व्याटिङ र बलिङमा कमजोरी देखिएकाले यसलाई गर्दै अघि बढ्ने उनले बताए । त्यस्तै उनले मिडिल ओभरमा नेपाली टिममा पार्टनरसीपको कमि देखिएको बताए ।

उनले भने, ‘मलाई लाग्छ, अहिलेको परिस्थिति अनुसार यो नेपालको वेस्ट टिम हो । आज क्लिक भएन । बलिङतर्फ स्पिनरले राम्रो गरेको भए १८० मै वेष्ट इण्डिज रोकिन्थ्यो र चेज गर्नलाई राम्रो हुन्थ्यो ।’

बिहीबार पराजित भएपछि वेस्ट इन्डिज ए ले उपाधि कब्जा गरेको थियो । पावर प्लेमा अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको र सहि समयमा सहि निर्णय लिन नसक्दा नजिता अर्को पक्षमा गएको कप्तान पौडेलले बताए ।