काठमाडौँ– समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कालिन्चोक बुक्स एन्ड स्टेसनरी, पुतलीसडक, काठमाडौंसँग समझदारी गरेको छ ।


ADVERTISEMENT


उक्त समझदारीअन्तर्गत फाइनान्सका ग्राहकले समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा कनेक्ट आइपिएस प्रयोग गरी उक्त स्टेसनरीमा कुनै पनि किताबको भुक्तानी गर्दा २० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन् ।


ADVERTISEMENT

# # #


यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समददारीपत्रमा फाइनान्सका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुभाष श्रेष्ठ र कालिन्चोक बुक्सका संस्थापक पुष्करराज कार्कीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।