काठमाडौँ – जापानका विदेश मन्त्री खामिखावा योकोले काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् ।


ADVERTISEMENT


आइतबार नेपाल आएपछि उनी दिउँसो वसन्तपुर क्षेत्रमा पुगेकी हुन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताएकी थिइन् ।


ADVERTISEMENT

# # #


अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् । उनका साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकालगायत थिए । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।